विपक्षी दलहरूको बैठक सिंहदरबारमा

राजनीति

काठमाडौँ । विपक्षी दलहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादीसहितका विपक्षी दलहरुको बैठक बसिरहेको हो ।
बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको बताइएको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी खनाल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी छन् ।
राजावादी सक्रिय भएपछि माओवादी केन्द्रसहितका दलहरूले गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट