‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई तोक्यो कमान्डर

प्रमुख खबर

काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।
नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई कमान्डर तोकेको हो ।
बिहीबार काठमाडौंमा अयोजित पत्रकार सम्मेलनमा सुवेदीले प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन रहने बताए । प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै शुक्रबार काठमाडौंमा तीनकुनेमा प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट