`

कुलमान र हितेन्द्रको रिट एउटै इजलासमा

Nepal One HD १५ चैत २०८१ ११:२२
प्रमुख खबर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

घिसिङको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुने गरी तोकिएको छ । सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

घिसिङले सरकारले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गरेका छन् । उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि माग गरेका छन् ।

शाक्यले पनि सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिट पनि न्यायाधीश अब्दुल अजीज मुसलमानकै सोही इजलासमा परेको छ ।


प्रतिक्रिया