`

सर्वोच्चद्वारा कुलमानका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

Nepal One HD १५ चैत २०८१ १३:००
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान रिट लिएर सर्वोच्च पुगेका थिए । यससँगै कुलमान तत्काल विद्युत् प्राधिकरण फर्किने सम्भावना टरेको छ ।

सरकारले घिसिङलाई हटाएर नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त
गरेको छ ।


प्रतिक्रिया