`

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा

Nepal One HD १५ चैत २०८१ १८:१८
राजनीति

काठमाडौं । राजावादीहरुको प्रदर्शन उग भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेको साथै माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा प्रवेश गर्ने प्रयास गरेपछि च्यासलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरुको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।

यता, तिनकुनेबाट अनियन्त्रित बनेका प्रदर्शनकारीले एमाले पार्टी कार्यालय नजिकै रहेको बालकुमारी एउटा ट्याक्सी जलाएका छन् ।


प्रतिक्रिया