`

‘पूर्वराजालाई पक्राउ गरिए देशभरबाट नागरिक सडकमा उत्रिनेछन्’

Nepal One HD १६ चैत २०८१ ९:४२
प्रमुख खबर

काठमाडौँ । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने या नजरबन्दमा राख्ने भन्ने तयारी गरिएको भन्दै विरोध गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गरी सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएकाले त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने सुवेदीले चेतावनी दिएका छन् ।

चैत्र १५ गते बिहान ११ बजेदेखि काठमाडौँको तिनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको सुवेदीको बताएका छन् । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनले दाबी गरेका छन् ।

आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रविन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाईसमेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया