`

धवलशम्सेरलाई पक्राउ गरिएको संसद सचिवालयलाई जानकारी

Nepal One HD १६ चैत २०८१ १६:४७
राजनीति

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद सचिवालयलाई दिएको छ ।

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ, प्रवक्ता गिरीले भने ।


प्रतिक्रिया