`

प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा गणतन्त्र पक्षधर दलहरूको बैठक

Nepal One HD १७ चैत २०८१ २०:११
राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सुरू भएको छ ।

गत शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री ओलीले छलफल गर्न गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् । बैठकमा राप्रपा र रास्वपालाई भने बोलाइएको छैन ।


प्रतिक्रिया