पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग

राजनीति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।
उनले भनिन्, ‘अहिले संविधान र कानूनभन्दा माथि कोही छैन। चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्। सबैलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो दलको तर्फबाट माग गर्छौँ।’
उनले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट