`

मुख्यमन्त्री सिंहमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Nepal One HD १८ चैत २०८१ २२:००
राजनीति

जनकपुर, १८ चैतः नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष श्याम बन्जारा नेतृत्वको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।गत शुक्रबार काठमाडौँको तीनकुनेमा भएको पत्रकार हत्या तथा सञ्चारमाध्यममाथि आक्रमण घटनाका दोषीमाथि कारबाहीको माग गर्दैे आज जनकपुरधाममा मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

पूर्वराजावादी पक्षधरले आयोजना गरेको प्रदर्शनका क्रममा आगलागी भएको घरमा जलेर एभिन्युज टेलिभिजनका सुरेश रजकको बीभत्स हत्या । र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणमा सङ्लनमाथि कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाईको हो । 

त्यस अवसरमा मुख्यमन्त्री सिंहले पत्रकारमाथि हुने कुनै प्रकारका हिंसाका विपक्षमा प्रदेश सरकार रहेको बताउनुभयो । यसअघि पत्रकार महासङ्घ धनुषाले प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया