`

सांसद पद निलम्ब फुकुवा गरिदिन सभामुखलाई रवि लामिछानेको आग्रह

Nepal One HD १९ चैत २०८१ ११:४५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्ब फुकुवा गरिदन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

मंगलबार पार्टीका सांसदहरुलाई लिएर सभामुखलाई भेट्न गएका सभापति लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

जवाफमा सभामुखले आफूले अहिलेको कानुनी व्यवस्था जे छ आफूले त्यही गरेको बताएका थिए । लामिछानेले सरकारले कानुनको दुरुपयोग गरिरहेको भन्दै त्यसलाई रोक्न पनि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा छ । यसअघि पनि उनले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका थिए ।

लामिछानेले आज पनि सोही विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन् । यसअघि सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छुटेलगत्तै उनले सभामुखलाई लिखित निवेदन दिएर आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिनु अनुरोध गरेका थिए ।


प्रतिक्रिया