`

सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने लिङ्देनको चेतावनी

Nepal One HD २६ चैत २०८१ १६:१४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएकोमा पनि आक्रोश व्यक्त गरे ।

केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ । उनले भने, ‘हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न उनको माग छ । त्यस्तै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि उनको माग छ ।


‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईंहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्‍यायो । के राजा चाहिनका लागि २/४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र ? तर, हामी शान्तिको पक्षधर हौं ।’

उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । राप्रपाले प्रदेश स्तरमा गरिरहेको सभामध्ये देशभर ६ वटा सभा सम्पन्न गरेर मंगलबार बागमती प्रदेशस्तरीय सभा काठमाडौंमा गरेको हो ।


प्रतिक्रिया