`

‘वातावरणमैत्री सवारीसाधन र जनमुखी सडक आवश्यक छ’ – यातायातमन्त्री दाहाल

Nepal One HD २७ चैत २०८१ ६:४३
राजनीति

काठमाडौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सवारीसाधन र जनमुखी सडक आवश्यक रहेको बताउनुभएको छ ।

नाडा अटो मोबाइल्स डिलर एसोसिएसन नाडाले ललितपुरमा गरेको नाडा अटो डाइलगको समापन समारोहमा उहाँले पूर्वाधार विकास, रोजगारी अभिवृद्धि, स्वरोजगारी सिर्जनाजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भए पनि केही भएन र हुँदैन भनेर निराशा छर्ने प्रयास हुने गरेको बताउनुभयो ।

पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युतीकरणलगायतका क्षेत्रमा नेपालमा फड्को मारिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदेश सरकारको समन्वयमा यातायात क्षेत्र व्यवस्थित पार्ने काम भइरहेको बताउनुभयो ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार कार्यक्रममा अटोमोबाइल्स क्षेत्रका विज्ञ एवं सरकारी अधिकारीहरुले यातायात एवं अटोमोबाइल्सका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।


प्रतिक्रिया