`

देवेन्द्रलाल नेपालीको संयोजकत्वमा तिनकुने घटना छानबिन गर्न नागरिक आयोग गठन

Nepal One HD २७ चैत २०८१ १५:२९
प्रमुख खबर

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको घटना छानबिन गर्न नागरिक छानबिन आयोग गठन गरेको छ ।

समितिले वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानव अधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा.ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल छन् । तिनकुनेमा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने निजी आवास, कार्यालयलगायत तोडफोड र आगजनी भएका थिए ।

घटनामा संलग्न भएको आरोपमा ७३ जना भन्दाबढी पक्राउ परेका छन् । घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेपनि सरकार यस विषयमा मौन बसेको छ ।


प्रतिक्रिया