चालु खाता १ खर्ब ८० अर्बले बचतमा


काठमाडौं । नेपाल राष्ट्र बैंककले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले बुधबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकको आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
त्यस्तै आयात ११. २ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । सञ्चिति अमेरिकी डलरमा असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।








