काठमाडौंबाट रामेछाप गइरहेको बस रोशीमा दुर्घटना, ११ जना घाइते

प्रमुख खबर

काभ्रे । काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको बस बीपी राजमार्गमा दुर्घटना भएको छ ।
काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा बिहीबार बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१– ००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए ।
उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीमध्ये ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट