सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ

अर्थ समाचार

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य बढेर तोलामा १, ९६० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट