सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन सोमबार प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट