`

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल

Nepal One HD ८ वैशाख २०८२ २०:५९
अर्थ समाचार

काठमाडौँ, ८ वैशाख : नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो ।


प्रतिक्रिया