सुनको मूल्य तोलामा १४ सयले घट्यो

अर्थ समाचार

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ । आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ८८ हजार ३०० रुपैयाँकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९७० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट