सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ

अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट