`

कमीकमजोरीबाट सिकेर राजनीतिक ‘कोर्स करेक्सन’ गर्न कांग्रेसका नेताहरुको माग

Nepal One HD १७ वैशाख २०८२ २०:२१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नौ जना नेताले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको बताएका छन् ।

बुधबार कांग्रेस नेता कुलबहादुर गुरूङ्ग, ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, दीपकुमार उपाध्याय, रामचन्द्र अधिकारी, सुरेन्द्र हमाल, लोकेश ढकालले विज्ञप्ति जारी गरी संयुक्त विज्ञप्ति जारी गरी राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘१२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीति अडान उपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको छ भन्ने हाम्रो ठहर छ ।’

कांग्रेसले आफ्नो स्थापनाकालीन सिद्धान्त, बीपी कोइरालाको विचार, आदर्श र उनले राखेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधीनमा रहेर सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, त्यागी नेता सुवर्णशमशेर, बौद्धिक नेता सूर्यप्रसाद उपाध्याय आदि आफ्ना महान संस्थापक नेताहरूलाई स्मरण गरेर राजनीतिक ‘कोर्स करेक्सन’मा जानु पर्ने उनीहरुले बताएका छन् ।


प्रतिक्रिया