`

अबको यात्रा आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण:महासचिव गुरुङ

Nepal One HD २० वैशाख २०८२ १८:५५
राजनीति

तम्घास (गुल्मी), २० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशमा अब आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण जरूरी रहेको बताउनुभएको छ ।

गुल्मीको मालिका गाउँपालिकामा आयोजित पार्टीको सम्मेलन आज उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त भएको र अब आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । “देशमा राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जीवनस्तर उकास्नुपर्छ । यसलाई जोड दिएर अगाडि बढौँ”, महासचिव गुरुङले भन्नुभयो ।

उहाँले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारलगायत आधारभूत आवश्यकता पूरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो । समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पूरा नहुने र त्यसका लागि अबको यात्रा आर्थिक क्रान्ति हुनुपर्ने महासचिव गुरुङको भनाइ थियो ।


प्रतिक्रिया