विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

खेलकुद

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसमा समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।
छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् ।
मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट