`

केआइआइटीमा नेपाली विद्यार्थी मृत्युको छानबिन गरेर मात्र पुग्दैन, सत्यतथ्य खोजी हुनुपर्छः सांसद पौडेल

Nepal One HD २२ वैशाख २०८२ ११:४१
प्रमुख खबर

काठमाडौँ । सांसदहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा श्रृंखलावद्धरुपमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाकोबारेमा छानबिन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले घटनाको अनुसन्धान मात्र नगरी सत्य तथ्यको खोजी गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र नपुग्दै भन्दै । सत्य तथ्यको खोजी गर्नुपर्ने बताए ।

त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले किटमा भएको घटनाबारे सरकार मौन रहेको भन्दै आपत्ति जनाए । उनले परराष्ट्र मन्त्रालय र मन्त्री विदेश घुम्न मात्र व्यस्त भएको भन्दै नेपालीको सुरक्षामा ध्यान दिन आग्रह गरे ।


प्रतिक्रिया