‘पोखरामा बेलुन पड्किँदा न्यायिक समिति बनाउने तर सविन महर्जनलाई टाउकोमा गोली हानेको घटनामा किन नबनाउने ?’

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा शाहीले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको बताएका हुन् ।
उनले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनले भने, ‘राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानबिन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानबिन समिति बनाउन आवश्यक छ ।’
उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदि राज्यले नै दिएको हो भने आफूहरु सत्ताबाट बाहिरिनुपर्छ भन्ने कुरा ख्याल राख्न आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट