`

आईपीएलका बाँकी खेलको तालिका घोषणा

Nepal One HD ३० वैशाख २०८२ ९:२७
खेलकुद

काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलको तालिका घोषणा गरिएको छ ।

युद्धविरामपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल १७ मे बाट पुनः सुरु हुनेछ र फाइनल खेल ३ जुनमा हुने जानकारी दिएको हो । बाँकी खेलहरू ६ वटा मैदान– बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछ ।

भारत र पाकिस्तानबीचको तनावका कारण बीसीसीआईले आईपीएललाई एक हप्ताका लागि स्थगित गरेको थियो । त्यसबेला १८औँ सिजनका ५८ खेलहरू सम्पन्न भइसकेका थिए।

तीमध्ये धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो, जसले गर्दा उक्त खेलको कुनै नतिजा निस्कन सकेन। अब बीसीसीआईले यो खेल पुनः आयोजना गर्ने निर्णय गरेको छ। यो खेल २४ मे मा जयपुरमा हुनेछ।


प्रतिक्रिया