`

पेरु, इरान र मालदिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त

Nepal One HD २२ जेठ २०८२ १८:०५
राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र पेरु, गणतन्त्र इरान र गणतन्त्र मालदिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्ति गरिएको हो।


प्रतिक्रिया