`

इरानबाट उद्धार गरिएका दुई नेपाली आइपुगे दिल्ली

Nepal One HD १० असार २०८२ १८:२४
प्रमुख खबर

काठमाडौं । इरानको मासादबाट भारत सरकारले उद्धार गरेका दुई नेपाली नागरिक मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।

गणेश पी. पोखरेल र सुमन गैरेलाई दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका प्रतिनिधि र भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । उद्धारपश्चात ती दुवै नेपाली बुटवलतर्फ प्रस्थान गरिसकेका दूतावासले जनाएको छ।

हाल इरानस्थित अन्य नेपालीहरूको अवस्थाबारे दूतावासले थप समन्वय जारी राखेको पनि जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *