`

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

Nepal One HD १४ असार २०८२ १४:२३
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमूखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा उनले बिपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गरिन् ।

उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरुलाई किन लुटिँदैछन् । तपाईसँग यसको जवाफ छ ? अर्को पनि एउटा सुझाव छ, बिपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईहरु कुन वर्गमा पर्नुहुन्छ ।’

यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाइ भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन् ।
उनले भनिन्, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिएँ । उहाँ त धेरै बाठो हुनुहँदोरहेछ । गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु । तपाईंले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ । नेपाली जनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *