`

सांसद प्रभु साहले रोष्टमै च्याते निजामती विधेयक, देशमा आगो बल्ने चेतावनी

Nepal One HD १५ असार २०८२ १५:०१
बिशेष

काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदकाे राेष्ट्रमबाटै च्यातेका छन् । साथै उनले यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाट बञ्चित गर्ने भएकाले विधेयक पारित भए देशमा आगो बोल्ने चेतावन दिएका छन् ।

आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’

यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी वैठक बहिष्कार गरेर हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *