`

देश खतरामा छ भन्ने भ्रममा नपर्न गगन थापाको आग्रह

Nepal One HD २१ असार २०८२ १६:१५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।

शनिबार एसइई परीक्षामा तारकेश्वर नगरपालिकाभित्रका विद्यालयहरुबाट उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा महामन्त्री थापाले देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले भने, कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउनुस् ।’

देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको भन्दै महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए । उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *