यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न कार्यदल बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माले बैठकले संविधानका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै कांग्रेसले यसका लागि संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श लिने निर्णय पनि गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट