भूमिसम्बन्धी विधेयकमा पूर्वसहमति खोज्न महामन्त्री शर्माको माग


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।
सामाजिक संजालमार्फत महामन्त्री शर्माले पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने तयारी गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी ’सोझै पारित गर्नेगरि’ संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमती छ ! ’लटरपटरझ नगरौं, पूर्वसहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्– ‘भूमि विधेयक’ !’
आजको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।
`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ !
`लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि
समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् – `भुमि विधेयक´! pic.twitter.com/FxFHoTXnm2— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 8, 2025