राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

प्रमुख खबर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बीच टापुमा फसेका थिए ।
त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षी ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट