`

नेताहरुमाथिको कारबाही विधानसम्मत नभएको कोइराला समूहको निष्कर्ष

Nepal One HD २६ असार २०८२ ११:२५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही विधानसम्मत नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको कोइराला समूहको बैठकले अनुशासन उल्लंघनको नाममा गरिएको कारबाही विधानसम्मत नभएको निष्कर्ष निकालेको नेता राजेन्द्र बजगाईंले जानकारी दिए ।

उनले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा त्यस्तो नभएको बताए । बैठकमा पछिल्लो समय नेकपा एमाले र कांग्रेसमा कारबाहीको शृङ्खला उस्तै रहेकोले कांग्रेसले पनि एमालेबाट अनुसरण गरेको भन्ने विषयमा छलफल भएको बताए ।

उनले भने,‘नेकपा एमाले र नेपाली कांग्रेसको पार्टीभित्रको द्वन्द्व समानरुपमा हेर्न लायक छ । उनीहरुकोमा पनि कारबाहीको श्रृंखला छ र हामीले त्यसलाई अनुशरण गर्यौं भन्नेमा छलफल भयो । यी कारबाहीहरू २०८४ सालको र त्यसअघि हुने उपनिर्वाचनमा हुनसक्ने गठबन्धन र त्यसका उम्मेदवारलाई जिताउनेगरी गरिएको हुनसक्ने विषयमा छलफल भयो ।’

उनले बैठकले अनुशासन समितिले अनुशासन उल्लंघन गरेको निष्कर्ष निकालेको छ । नेता बजगाईंले कारबाहीमा परेका साथीहरुले पुनरावलोकनका लागि आवेदन दिने र बृहत भेला आयोजना गर्ने बताए ।

गत २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेसले प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना नेचालाई कारबाही गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *