एउटा आम नागरिकको नाताले रविमाथि राज्यबाट अन्याय भएको छः मनिषा कोइराला

प्रमुख खबर

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । बिहीबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर कोइरालाले हस्ताक्षर गरेकी हुन् ।
हस्ताक्षर गरेपछि कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।
उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट