`

बागलुङबाट दुई गर्भवतीको हवाई उद्धार

Nepal One HD २८ असार २०८२ १७:५२
समाज

बागलुङ । बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *