`

अबको राजनीति वैकल्पिक शक्तिहरूको हातमाः बाबुराम भट्टराई

Nepal One HD २९ असार २०८२ ९:४९
प्रमुख खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चित रहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भट्टराईले संसदका दुई ठूला दल मिलेर बनेको सरकारको ठूलो उपलब्धी केही गर्न नसकेको भन्दै अब नयाँ वैकल्पिक शक्तिको विकल्प नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ? अब आँखा खोलौं ।’

उनले पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू समाधान नभएको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी ब्यबहारमै प्रमाणित गरिदिनु हो । तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *