`

स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन

Nepal One HD ३० असार २०८२ १२:५४
राजनीति

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् ।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो ? अरूहरू कुन संस्थामार्फत कसरी गए ?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो ?, कसको समन्वयमा गए ? भन्ने विषयमा छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्तीले निर्देशन दिएका हुन्।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो। यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

स्पेन भ्रमणबाट प्रधानमन्त्री सहितको टोली फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेकि थिईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *