सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

राजनीति

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियार स्रोतका अनुसार दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको हो ।
अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट