`

मालपोत अधिकृत फिर्ता गराउन आएका थिए, हुन्न भनेपछि चरित्रहत्या भयो: मन्त्री अधिकारी

Nepal One HD १ साउन २०८२ १६:४३
प्रमुख खबर

काठमाडौं । भूमिसुधार मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा फिर्ता गर्न आएका व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।

मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।

“मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, सरुवा भएका व्यक्तिलाई रोक्ने कुरा पनि भएन । अधिकृत आएर सरुवा हुन्छु पनि भन्नुभएको छैन । अहिले मसँगमात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।”

उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *