`

एमाले पोलिटब्युरो बैठक आज बस्दै

Nepal One HD २ साउन २०८२ ८:१८
प्रमुख खबर

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो ।

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पु‍र्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *