ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’

प्रमुख खबर

काठमाडौँ । यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ ।
यो अवार्ड आगामी २७ जुलाईमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष शाही र घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।
शाही राप्रपाका प्रमुस सचेतक हुन्, भने , कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट