आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्चमा

प्रमुख खबर

काठमाडौं । राजपुर बम काण्डमा जन्मकैद तोकिएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
महान्यायाधिवक्ता कार्यालय शुक्रबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसलाविरुद्ध पुनरावेदनमा गएको हो । आलम लगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदावी पुनरावेदनमा उल्लेख छ ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ मा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेको आरोपमा जन्मकैद तोकिएका आलमलाई गत १४ जेठमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट