`

नेसपा (नयाँ शक्तिले) ५ महिने प्रशंसा अभियान चलाउने

Nepal One HD ३ साउन २०८२ १५:४०
प्रमुख खबर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ।

पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको छ।

हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो। तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं,’ उनले भने।

उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए। प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको पनि उनले बताए।

०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी रहँदा पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर अघि बढिरहेको पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *