सिरहा कारागरमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते

प्रमुख खबर

जनकपुरधाम । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।
कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट