सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ

अपराध

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो ।
उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।
उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट