उता कम्बोडियाले पनि थाइल्याण्डसँगको कूटनीतिक सम्बन्धलाई घटाएको छ । थाइल्याण्डले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कम्बोडियाले यस्तो कदम चालेको हो ।
थाइल्याण्ड-कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी

प्रमुख खबर

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त हुँदा एक सैनिकसहित १२ जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्यमन्त्रीले एक सैनिक र ११ सर्वसाधारण मारिएको जानकारी दिएका छन् । घटनामा अरु १४ जना घाइते भएका छन् ।
कम्बोडियाले भने हताहत र घाइतेबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।
बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ । कम्बोडियाली सेनाले आफ्नो भूमिमा रहेको अस्पतालमा समेत आक्रमण गरेको थाई पक्षले जनाएको छ ।
थाइल्यान्डले कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरेको छ । थाइल्याण्डले आफ्ना नागरिकलाई तत्काल कम्बोडिया छाड्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट