`

दुई तिहाइ भनेर मात्रै हुँदैन, काम हुनुपर्छ: गोकुल बास्कोटा

Nepal One HD ९ साउन २०८२ १४:३८
राजनीति

काठमाडौँ।  सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले मन्त्रीहरु र उनीहरुको संयन्त्रले काम नगरेको भन्दै असन्तुष्टि पोखेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बास्कोटाले दुई तिहाइ भनेर मात्रै नहुने प्रष्ट पार्दै कागजी रिपोर्टको साटो काम हुनुपर्ने बताए। काभ्रे र सिन्धुपाल्चोकको सिमामा १४ करोड लागतमा चार वर्षअघि ठेक्का लागेको पुलको काम नभएकोमा उनले यस्तो टिप्पणी गरेका हुन्।

‘ह्वाङ्ग दुई वटा पिल्लर उठ्या छ, एउटा फक्ल्याँटो हाल्या छ। बाँकी यतापटि बनाएको छैन। १० चोटी भनिसकियो कान खुल्दैन। दुई तिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट मात्रै दिएर भएन, काम हुनुपर्यो,’ बास्कोटाले भने।

काभ्रेकै चाखोलाको पुलको अवस्था पनि उस्तै रहेको भन्दै उनले नक्कली रिपोर्ट बनाउने खेलबाट मन्त्रीहरु  मुक्त हुनुपर्ने बताए। उनले भने, ‘काम चाहिँ केही पनि गरेको छैन, के रिपोर्ट आउँछ ? यस खालका विकास प्रकृयाहरुबाट, नक्कली रिपोर्ट बनाउने कामबाट मन्त्रीहरु मुक्त बनुन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *